नेपाल आइपुगे जाडो छल्न उत्तरी ध्रुवका चरा

कात्तिक ११ काठमाडौं ।
जाडो छल्न उत्तरी ध्रुवका चरा नेपाल आइपुगेका छन्।

विगतमा झैं यस वर्ष पनि पर्यटक चरा नेपाल आइपुगेका हुन्।

नेपालको तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा सयौँ प्रजातिका चरा उत्तरी ध्रुवमा हिमपातको सुरू आतसँगै हिउँदे यामको बढ्दो जाडो छल्न नेपाल आएका छन्।

चिनियाँ विज्ञान प्रािष्ठानका उपप्राध्यापक एवम् चरा अनुसन्धानकर्ता डा. हेमबहादुर कटुवालको अनुसार विगतका विवरण हेर्दा असोज दोस्रो सातादेखि यहाँ आउन थालेका पर्यटक चरा करिब ६ महिना नेपाल रहने र त्यसपछि फर्कने जनाएका छन्।

‘बर्सेनि करिब १५० प्रजातिका चरा रुस, कीर्गिस्तान, तुर्किमिनिस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेका जनाएका छन्।

नेपालको सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान रहेको मानिन्छ।

कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमको अनुसार विशेष गरी जाडो छल्न, बच्चा कोरल्न पाहुना चराको आकर्षक गन्तव्य नेपाल बन्ने गरेको र हजारौँको संख्यामा आउने बार हेडेड गुस (खोया हाँस) को संख्या भने पछिल्लो समय घट्दै गएको बताएका छन्।

जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा रहने गरेको प्रमुख गौतमले जानकारी दिएका छन्।

नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन्। खाया हाँस, सुनजुरे हाँस, कैलो टाउके हाँस, मादक हाँस, खडखडे हाँस, हरियो टाउके हाँस, लक्ष्मण सारस, क¥याङकुरुङ सारस, राजहुटिट्याउ लगाउत चरा जाडो छल्न नेपाल आउने गरेको जनाएका छन्।

करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको रहेको छ। भने नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले आफ्नो गुँड बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन्। उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काने गरेको प्रमुख गौतमले बताएका छन्।

अन्य चरामा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके लगायत रहेको जानकारी दिएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *