कात्तिक ११ काठमाडौं ।
उत्तरी गोरखामा हिमपात भएको छ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको विभिन्न गाउँबस्तीमा रातिदेखि नै हिमपात भइरहेको स्थानीयले जनाएका छन्।
चुमनुब्री गाउँपालिकामा हिमपात हुँदा जनजीवन प्रभावित भएको जनाएको हो। राति देखि नै हिउँ पर्न थालेको र अहिलेसम्म पनि हिउँ परिरहेको स्थानीयले बताएका छन्।
तीन हजार मिटरभन्दा धेरै उचाइमा रहेका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकम लगायत गाउँ हिउँले ढाकिएको बताएका छन्।
हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन्।
Post Views: 5