खस्यो दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका फाइटर जेट र हेलिकप्टर

कात्तिक १० काठमाडौं ।
दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका फाइटर जेट र हेलिकप्टर खसेको छ।

अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्ति अनुसार एकै दिन अमेरिकी नौसेनाको एक फाइटर जेट र एक हेलिकप्टर दक्षिण चीन सागरमा फरक–फरक समयमा भएको दुर्घटनास्थल बाट चालक दलका पाँच सदस्यहरूलाई सकुशल उद्धार गरिएको जनाएको छ।

दक्षिण चीन सागरमा आफ्नो उपस्थिति बलियो बनाउन अमेरिका सक्रिय भइरहेका बेला ‘ब्याटल क्याट्स’ स्क्वाड्रन–७३ सँग सम्बन्धित एमएच–६० आर सी–हक हेलिकप्टर आइतबार स्थानीय समय अनुसार दिउँसो करिब २ः४५ बजे दुर्घटना भएको उल्लेख गरेको छ।

त्यसको करीब ३० मिनेटपछि, दिउँसो करिब ३ः१५ बजे, ‘फाइटिङ रेडकक्स’ स्क्वाड्रन–२२ को एक सुपर हर्नेट फाइटर जेट पनि त्यही समु्द्रमा खसेको जनाएको हो।

जेटमा रहेका दुबै पाइलट समयमै प्यारासुटको सहायताले बाहिर निस्कन सफल भएका र पछि सुरक्षित उद्धार गरिएको अमेरिकी नौसेनाले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *