आजको लागि निर्धारण भयो विदेशी मुद्राको विनिमयदर

कात्तिक १० काठमाडौं ।
आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भएको छ।

अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण भएको छ।

क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २१ पैसा र बिक्रीदर १०० रुपैयाँ ६४ पैसा, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ र बिक्रीदर १०८ रुपैयाँ ४७ पैसा तोकिएको छ।

युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ २७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७५ पैसा, तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६४ पैसा कायम भएको छ।

त्यस्तै चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७० पैसा र बिक्रीदर १९ रुपैयाँ ७८ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ २९ पैसा र बिक्रीदर चार रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा, तोकिएको छ।

युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ।

हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८ रुपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६५ रुपैयाँ ८६ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ५० पैसा र बिक्रीदर ४५९ रुपैयाँ ४६ पैसा कायम भएको छ।

बहराइन दिनार एकको खरिददर ३७२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ६३ पैसा र भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *