चालु आर्थिक वर्षमा मेची भन्सार बाट १२ अर्ब भन्दा बढी मालवस्तु आयात

कात्तिक ७ काठमाडौं।
चालु आर्थिक वर्षमा मेची भन्सार कार्यालय बाट १२ अर्ब भन्दा बढी मालवस्तु आयात भएको छ।

चालु आर्थिक वर्ष २०८२,८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टा बाट रु. १२ अर्ब २८ करोड ३० लाखको मालवस्तु आयात भएको कार्यालयले जनाएको छ।

मेची भन्सार कार्यालयको अनुसार गत आवको पहिलो त्रैमासिकमा रु. १० अर्ब ८४ करोड तीन लाख बराबरको वस्तु तथा सामान आयात भएकोमा यस वर्षको पहिलो त्रैमासिकमा यो नाकाबाट हुने निर्यात भने घटेको जनाएको छ।

गत आवको सोही अवधिमा रु. ६ अर्ब आठ करोड ६९ लाखको वस्तु तथा सामान निर्यात भएको थियो। भने यस वर्ष यो नाकाबाट निर्यात २१ दशमलव ०८ प्रतिशतले घटेको कार्यालयका सूचना अधिकारीले बताएका छन्।

पूर्वीनाका बाट निर्यात हुने मुख्य वस्तुमा अलैंची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिस लगायत रहेका छन्।

आयात हुने मुख्य मालवस्तुमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चापदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन, तयारी कपडालगायत रहेका कार्यालयले जनाएका छ।

कार्यालयको तथ्यांकानुसार चालु आव २०८२,८३ को पहिलो त्रैमासिकमा आयात निर्यात बाट रु. ४ अर्ब १५ करोड २० लाख आठ हजार राजस्व संकलन भएको देखिएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *