कात्तिक ७ काठमाडौं ।
काठमाडौं बाट मापदण्ड विपरीत बिक्री गरिएको औषधि प्रहरीले बरामद गरेको छ।
आज प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने गरेको औषधि बरामद गरेको हो।
वृत्तमहाराजगञ्जका प्रहरीको अनुसार काठमाडौँ टोखा नगरपालिका–५ बसुन्धरामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री बितरण गरेको भन्ने सूचनाका आधारमा औषधि बरामद गरेको जनाएको छ।
स्पेन लेखिएको ३८५ ट्याबलेट, एन्टिकोफ लेखिएको ७५० ट्याबलेट, प्रिगेबलिन लेखिएको १०० ट्याबलेट प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल बरामद गरिएको जनाएको हो।
Post Views: 4