पाकिस्तान र अफगानिस्तान दुई देशबीच युद्धविराम गर्ने सहमति

कात्तिक २ काठमाडौं ।
पाकिस्तान र अफगानिस्तान दुई देशबीच युद्धविराम गर्ने सहमति भएको विदेश मन्त्रालयले जनाएको छ।

कतार र टर्कीको मध्यस्थतामा कतारको दोहामा भएको लामो छलफलपछि युद्धविराम गर्ने सहमति भएको कतारी विदेश मन्त्रालयले जनाएको हो।

कतारी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार कतार र टर्कीको मध्यस्थतामा भएको वार्तामा तत्काल युद्धविराम गर्ने र स्थायी शान्ति कायम गर्नका लागि दुवै देशले संयन्त्र गठन गर्ने सहमति भएको उल्लेख गरेको छ।

झन्डै १३ घन्टासम्म चलेको वार्तमा अफगानिस्तानबाट रक्षामन्त्री मौलवी मुहम्मद याकुब र राष्ट्रिय गुप्तचर एजेन्सीका प्रमुख सहभागी भएको र पाकिस्तान बाट रक्षामन्त्री ख्वाजा आसिफ तथा गुप्तचर प्रमुख जनरल असीम मलिकले नेतृत्व गरेको जनाएको छ।

सहमतिले सीमाक्षेत्रमा तनाव कम गर्ने र क्षेत्रीय स्थिरताका लागि आधार तयार पार्ने आशा रहेको कतारी विदेश मन्त्रालयल उल्लेख गरेको छ।

अक्टोबर ११ देखि १५ सम्म स्पिन बोल्डक, चमन, कुर्म, पक्तिया, पक्तिका, कुनर, खोस्ट, कन्दाहार र हेलमन्दमा पाकिस्तान र अफगानिस्तानको सेनाबीच भिडन्त भएको थियो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *