अध्यागमन विभागले पदयात्रा अनुमति सेवा पूर्ण रूपमा अनलाइनमार्फत दिने

असोज १ काठमाडौं ।
अध्यागमन विभागले पदयात्रा अनुमति सेवा पूर्ण रुपमा अनलाइनमार्फत दिने भएको छ।

विभागले जारी गरेको सूचना अनुसार अध्यागमन विभागले पदयात्रा अनुमति सेवा अबदेखि पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत मात्र उपलब्ध गराउने जनाएको हो।

विभागले ट्रेकिङ एजेन्सीका प्रतिनिधिहरूले प्रत्यक्ष सम्पर्क गरेर अनुमति लिँदा सुशासनमा चुनौती थपिएको र कतिपय एजेन्सीका कर्मचारीहरू बिचौलिया बनेर अवैध क्रियाकलापमा संलग्न भएको तथ्य फेला परेको भन्दै अनलाइन प्रणालीको व्यवस्था गरेको जनाएको छ।

पदयात्रीलाई अनलाइन प्रणालीमार्फत सेवा दिने व्यवस्था गरे सँगै विभागले यस्तो क्रियाकलापलाई कडा रूपमा निषेध गर्दै पारदर्शी, उत्तरदायी र निष्पक्ष सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त समेत गरेको छ।

यसका लागि सबै सेवाग्राही एजेन्सीहरूले आफ्नो एजेन्सी पोर्टलमार्फत मात्र पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ।

अनलाइन प्रणालीको प्रयोगमा कुनै समस्या परेमा पोर्टलमा उपलब्ध मोबाइल नम्बर वा ह्वाट्स एपमार्फत् सम्पर्क गर्न विभागले अनुरोध गरेकोे छ।

सेवाग्राहीको चापका कारण फोन तुरून्तै उठ्न नसकेमा सन्देश पठाउन विभागले आग्रह गरेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *