राष्ट्रियसभा अध्यक्ष अन्तर–व्यवस्थापिका सङ्घको महासभामा सहभागी हुन जेनेभा प्रस्थान

असोज ३१ काठमाडौं ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घको महासभामा सहभागी हुन जेनेभा जेनेभा प्रस्थान गरेका छन्।

जेनेभामा हुने १५१ औं महासभामा सहभागी हुन आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल जेनेभा प्रस्थान गरेका हुन्।

अध्यक्ष दाहालको टोलीमा राष्ट्रियसभाका सदस्य गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह टोलीमा सहभागी भएका छन्।

अध्यक्ष दाहालले कात्तिक २ देखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा हुने महासभामा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यासूचि रहेको छ।

सङ्घीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीद्वारा जारी विज्ञप्ति अनुसार महासभामा विभिन्न देशका संसद्का प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको उल्लेख गरिएको छ।

जेनेभाको कार्यक्रम सकेर अध्यक्ष सहितको टोली आगामी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेकोे छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *