जाडो छल्न सिमसार क्षेत्र आउन थाले आगन्तुक चरा

असोज ३० काठमाडौं ।
जाडो छल्न सिमसार क्षेत्र आगन्तुक चरा आउन थालेका छन्।

हिमालपारिबाट जाडो छल्न चितवन राष्ट्रिय निकुञ्ज लगायत आसपारको सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा आउन थालेका छन्।

नेपाल पन्छीविद् सघं बागमती प्रदेशका अध्यक्ष बासु बिडारीका अनुसार नेपालमा हेरक बर्ष आउने चरा यस बर्ष पनि आउन थालेको बताएका छन्।

यस बर्ष साइबेरिया, मङ्गोलिया, तिब्बत, रसिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीन लगायतका देशबाट जाडो छल्न चरा आउन थालेका छन्।

जाडो छल्न हाँस प्रजातिका क¥याङकुरुङ, चखेवा, सुइरोपुच्छ्रे, मालक, खडखडे, बिजुला, गैरीसहित बाज, चिल लगायत चरा यहाँ आउन थालेका हुन्।

वनमा आश्रित प्रजातिमा चाचर, चुइया, भारद्वाजसमेत आउने गरेको बताएका छन्। जाडो छल्न आउने चरा कालीगण्डकीको खोँच हुँदै चितवनसम्म आइपुगेका छन्।

जाडो बढ्दै गएपछि नेपालकै हिमाली भेगका चरा मध्यपहाड र मध्यपहाडका चरा तराईमा आउने गर्दछन्। पृथ्वीको उत्तरी ध्रुवमा दिन छोटो र रात लामो हुने हुँदा चर्नका लागि समयसमेत नहुने हुँदा ती चरा आउने गरेको विज्ञहरू बताएका छन्।

‘बर्ड एजुकेसन सोसाइटी’ चितवनका अध्यक्ष विजय गिरीका अनुसार दसैँमा परेको वर्षा सँगै नदी तटीय क्षेत्रमा आगन्तुक चरा देखिन थालेको बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *