गृहमन्त्री ओमप्रकाश अर्याल र चिनियाँ राजदूत बीच भेट

असोज २८ काठमाडौं ।
गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि चिनियाँ राजदूत बीच भेट भएको छ।

आज गृह मन्त्रालयमा गृहमन्त्री अर्याल र नेपालका लागि चिनियाँ राजदूत चेनबीच शिष्टाचार भेटवार्ता भएको हो।

भेटमा गृहमन्त्री अर्यालले ‘एक चीन नीति’ प्रति नेपालको दृढ र अविचलित प्रतिबद्धता व्यक्त गरेको मन्त्रीको सचिवालयले जनाकारी दिएको छ।

मन्त्री अर्यालले पञ्चशीलका पाँच सिद्धान्तहरू ७० वर्ष लामो कूटनीतिक सम्बन्धमा आधारित आपसी मित्रता र विश्वासको सम्बन्धको प्रशंसा गर्दै व्यापार, लगानी, पूर्वाधार, ऊर्जा, कृषि, प्रविधि स्थानान्तरण र पर्यटन लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न प्रतिबद्धता जनाएका छन्।

बैठकमा बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई अन्तर्गतका प्राथमिक परियोजनाहरूलाई अघि बढाउने विषयमा पनि छलफल भएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *