असोज २७ काठमाडौं ।
आज नेपालले टि–२० विश्वकप छनोट खेल कतारसँग खेल्ने भएको छ।
ओमानमा जारी आइसिसी टि–२० विश्वकप एसिया एन्ड इएपी छनोट खेल नेपालले राति ८ः४५ बजे कतारसँग खेल्दै छ।
ओमान क्रिकेट एकेडेमीमा जारी खेल आज राति ८:४५ बजे नेपाल र कतार बीचको हुने जनाएको छ।
पहिलो खेलमा नेपालले आइतबार चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स युएई सँग खेलेको थियो।
समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गर्दै शीर्ष ६ मा छनोट हुँदा २ अंक बटुलेको नेपालको खातामा युएईसँगको जितसँगै ४ अंक भएको रहेको छ।
युएईविरूद्धको जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना बलियो बनेको छ।
सुपर ६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टि–२० विश्वकप २०२६ मा स्थान पक्का गर्ने छन्।
Post Views: 3