असोज २६ काठमाडौं ।
गजामा युद्धविराम गर्ने सहमति भएसँगै खण्डहर घरमा प्यालेस्टिनीहरु फर्कन थालेका छन्।
इजिप्टमा विहीबार भएको अप्रत्यक्ष वार्तामा युद्धविराम गर्ने सहमति जुटेकै भोलिपल्टै देखि गजामा मानिसहरु फर्कन थालेका हुन्।
युद्धविराम गर्ने सहमति भएपछि त्यहाँबाट विस्थापित भएका हजारौं प्यालेस्टिनीहरू फर्कन थालेको जनाएका छन्।
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सको अनुसा युद्धविरामको सहमति भएको केहि बेरसम्म २ लाखभन्दा बढी मानिसहरू गजा फर्किएको जनाएको छ।
इसराइलले भीषण आक्रमण गरेपछि विस्थापित भएकाहरू पैदलयात्रा गरेर नै गजा सिटी फर्किन थालेका छन्।
प्यालेस्टिनीहरु इसराइली हमलाबाट ध्वस्त बनेको गजामा कुनै घर सग्ला नभेटिए पनि आफ्नो घरहरु खोजिरहेका छन्।
Post Views: 7