काठमाडैं जिल्ला प्रशासनले लगायो काठमाडौंमा र्याली, प्रदर्शन गर्न रोक

असोज २५ काठमाडौं ।
काठमाडौं जिल्ला प्रशासनले आज काठमाडौं जिल्लामा र्याली र प्रदर्शन गर्न रोक लगाएको छ।

आज काठमाडौं जिल्ला प्रशासन कार्यालयले र्याली तथा प्रदर्शनमा रोक लगाएको हो।

आज विभिन्न पार्टीका युवा संघ वा समूहले आयोजना गर्न लागेको भनिएका मोटरसाइकल र्याली तथा सभा–प्रदर्शनहरूमा प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।

गत भदौ २३ गतेको जेनजी आन्दोलन पछिका दिनहरूमा तोडफोड, आगजनी, सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुगेका घटनाको स्मरण गराउँदै प्रशासनले शान्ति–सुरक्षा कायम राख्ने, सार्वजनिक सम्पत्ति जोगाउने र सेवा प्रवाहलाई सुचारु राख्ने कार्यमा प्रशासन केन्द्रित रहेको भन्दै कार्याक्रम गर्न रोक लगाएको जनाएकाे छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ’विभिन्न समूहहरूबाट हुने भनिएका र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन थप जटिलता सिर्जना गर्न सक्ने भएकाले यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको जनाएको छ।’

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *