चालु आर्थिक वर्षमा वीरगञ्ज नाका हुँदै २६ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

असोज ८ काठमाडौं ।
चालु आर्थिक वर्ष २०८२–८३ को दुई महिनामा वीरगञ्ज भन्सार नाका बाट २६ अर्ब ३३ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ।

गत आवको तुलनामा चालु आवमा १ अर्ब ७६ करोड बढीको पेट्रोलियम पदार्थ आयात हुँदा राजस्वमा वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ। पेट्रोलियम पदार्थको आयात बढेसँगै डिजेल, पेट्रोल र एलपी ग्याँसको आयातमा पनि वृद्धि भएको छ।

गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै रु. १ अर्ब ७६ करोड बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ।

सोहि अवधिमा आयात बढेसँगै रु. १ अर्ब २९ करोड बढी राजस्व समेत सङ्कलन भएको छ। भने चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट रु. ११ अर्ब १८ करोड सङ्कलन गरेको जनाएको छ।

त्यस्तै चालु आवको दुई महिनामा रु. ११ अर्ब ९१ करोडको एक लाख ३२ हजार आठ सय २४ किलोलिटर डिजेल आयात गरिँदा रु. ५ अर्ब २८ करोड राजस्व सङ्कलन भएको जनाएको छ।

चालु आवको दुई महिनामा रु.६ अर्ब ८२ करोडको ८० हजार पाँच सय ६० किलोलिटर पेट्रोल आयात हुँदा कार्यालयले रु.४ अर्ब ५४ करोड राजस्व सङ्कलन गरेको छ।

चालु आवको दुई महिनामा रु.५ अर्ब १२ करोडको चार करोड ९५ लाख ६६ हजार ६ सय ६४ किलो एलपी ग्याँस आयात हुँदा रु. ९६ करोड राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *