असोज ७ काठमाडौं ।
नेपाल एयरलाइन्सले रारा विमानस्थलमा पुनः उडान सुरु गरेको छ।
नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले यस अघि गत वैशाख महिनासम्म रारा विमानस्थलमा हप्ताको तीन दिन उडान भर्दै आएको थियो।
अहिले नेपाल एयरलाइन्सले चार महिनापछि मुगुको रारा विमानस्थलमा पुनः उडान सुरु गरेको हो।
चार महिनायता उडान नहुँदा रारा विमानस्थल भएर ताल राराताल घुम्न आउने पर्यटक र अन्य यात्रुले हवाई यात्राका लागि सास्ती भोग्दै आएका थिए।
पुनः नेपाल एयरलाइन्सले रारा विमानस्थलमा उडान सुरु भएको नेपाल एयरलाइन्स रारा विमानस्थल कक्षका प्रमुख नवीनकुमार विष्टले जानकारी दिएका छन्।
Post Views: 68