असोज ७ काठमाडौं ।
दशैंका लागि तातोपानी भन्सार नाकाबाट सामान ल्याउन सुरु भएको छ।
गत असार २४ गते गएको बाढीपहिरो कारण बन्द भएको चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने कोदारी राजमार्ग सञ्चालनमा आएसँगै दशैंका लागि सामान बोकेर आएका कन्टेनरहरू आवत–जावत गर्न थालेका हुन्।
एक महिनासम्म बन्द भएको तातोपानी–बाह्रबिसे सडक पहिरो पन्छाइ ग्राभेल गरेर सडक सडक सञ्चालनमा ल्याइएको थियो।
अहिले सडकमा सवारी आवागमन सुरु भएको तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र चुडालले बताएका छन्। भने चीनतर्फबाट तातोपानी भन्सार यार्डमा र भन्सार यार्डबाट चीनतर्फ कन्टेनरहरु आउजाउ गर्ने क्रम जारी रहेको बताएका छन्।
अन्तरिम चुनावी सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका कुलमान घिसिङले सरोकारवालाको बैठक बोलाएर बाटो खुलाउने कामलाई तीव्रता दिन निर्देशन दिएका थिए।
सो निर्देशनपछि असोज ३ गते तातोपानी भन्सार कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा स्थानीयको माग सम्बोधन गर्ने र स्थानीयले पहिरो हटाउन अवरोध नगर्ने सहमति भएको थियो।