असोज ६ काठमाडौँ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
मन्त्रालयमा भएको भेटमा भारतीय राजदूत श्रीवास्तवले नवनियुक्त मन्त्री कुलमान घिसिङलाई सफल कार्यकालको शुभकामना तथा बधाई दिएका छन्।
भेटका क्रममा भारतीय सहयोगमा बनिरहेको राहुघाट जलविद्युत आयोजनाको प्रगति र इनरुवा–पूर्णिया तथा न्यु लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको निर्माणमा भइरहेको प्रगतिबारे पनि जानकारी गराइएको जनाएको छ।
दुई देशबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा सहकार्य र अन्य महत्त्वपूर्ण विषयमा छलफल भएको स्रोतले जनाएको छ।
भेटमा राजदूत श्रीवास्तवले जेनजी आन्दोलनका कारण नेपालका क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणमा सहयोग गर्न भारत तयार रहेको बताएका छन्।
Post Views: 58