असोज ५ काठमाडौं।
आजको मन्त्रीपरिषद् बैठकले ५ जना मन्त्रीहरुको नाम सिफारिस् गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन्।
सिफारिस हुने मन्त्रीहरूमा पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, डा. संगिता मिश्रा, महावीर पुन र डा. मदन परियार रहेका छन्।
सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ भोलि मात्रै हुने राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयको अनुसार प्रधानमन्त्री कार्यालय बाट मन्त्रीहरुको सिफारिस राति आइपुगेकाले भोलि मात्र शपथ हुने जनाएको छ।
Post Views: 107