असोज ५ काठमाडौं ।
मुस्ताङ जिल्लास्थित नेचुङ (कोरला नाका) बाट ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व संकलन भएको छ।
गत असार २४ गते गएको बाढीपहिरोका कारण रसुवा र तातोपानी भन्सार नाका अवरुद्ध भएपछि चीनसँगको व्यापार सहजीकरण गर्न कोरला नाका बाट व्यापार सुरु गरिएको थियो।
२०८२ भदौ ३० गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको मुस्ताङ भन्सार कार्यालयले एक हप्ताको अन्तरालमा ३४ करोड बढी राजस्व संकलन गरेको हो।
कोराला नाकाबाट २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालवाहक ढुवानी साधनमा रहेका विभिन्न वस्तुहरू जाँचपास भएको भन्सार विभागले जनाएको छ।
वैकल्पिक नाकाका रूपमा खोलिएको कोरला नाकामा भन्सार जाँचपासलाई थप सहज बनाउन आसिकुडा प्रणाली समेत सञ्चालनमा ल्याएको जनाएका छन्।
Post Views: 42