असोज ५ काठमाडौं ।
नेपाल एयरलाइन्सले यहि असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान सेवा सुरु गर्ने भएको छ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले असोज ९ गतेदेखि ग्वाञ्जाओमा पहिलोपटक काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौं सिधा उडान सेवा सुरु गर्ने भएको हो।
निगमले ग्वाञ्जाओ उडानका लागि अनुमति पाइसकेको र उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका बताएका छन्।
निगमले हरेक हप्ता तीनवटा नियमित उडान भर्ने तालिका रहेको छ। भने पहिलो उडान असोज ९ गते, दोस्रो असोज १२ गते तथा त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते उडान भर्ने तय भएको छ।
काठमाडौँ बाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर रु. ३० हजार र दोहोरो टिकट रु. ५० हजार तोकिएको निगमले जनाएको छ।
त्यसपश्चात प्रत्येक आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान हुने निगमले जनाएको छ।