असोज ३ काठमाडौं ।
मुस्ताङ बाट दसैँको लागि भेडाच्याग्रा अन्य जिल्ला पठाएको छ।
कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट भेडाच्याग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाईएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ।
दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याग्रा अन्य जिल्ला पठाइएको र मुस्ताङकै किसानका ६ हजार ६०० भेडाच्याग्रा जिल्ला बाहिर पठाइएको जानकारी दिएको हो।
गत वर्षको तुलनामा औसत २० प्रतिशतभन्दा बढी भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरी जिल्ला पठाइएको पशुसेवा केन्द्रले जनाएको छ।
मुस्ताङमा यसवर्ष करिब एक सयभन्दा बढी च्याग्रा व्यापारी आएको र मुस्ताङबाट खरिद गरिएका च्याग्रा व्यापारीहरूले पोखरा–काठमाडौँ लगायत स्थानमा लगेर बिक्री गर्ने गर्छन्।
Post Views: 39