आज चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री कार्कीलाई दिए बधाई

असोज ३ काठमाडौं ।
आज नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा शुभकामना दिएका छन्।

जेनजी आन्दोलनपछि कार्की गत २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्।

नेपालका लागि काठमाडौंस्थित चिनियाँ राजदूत सोङले प्रधानमन्त्री कार्कीलाई भेटका क्रममा चिनियाँ सहयोगको प्रतिबद्धता जनाएको बताएका छन्।

सोङले प्रधानमन्त्री नियुक्त भएकोमा सुशीला कार्कीलाई शुभकामना तथा बधाई दिँदै मित्रता र सहकार्य प्रगाढ बनाउने सहमति भएको दूतावासले जनाएको छ।

साथै भेटमा आपसी दृष्टिकोण आदानप्रदान गर्दै मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउनेबारे दुवै पक्ष सहमत भएको उल्लेख गरेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *