असोज २ काठमाडौं ।
राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत पूरा भएको छ।
सिद्धबाबा सुरुङमार्गको कामले गति लिएसँगै सुरूङको भित्री पर्खालमा लाइनिङ, ढलान र इन्भर्टको काम सकिएको आयोजना कार्यालयले जनाएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको हालसम्म ६१ दशमलव ६ प्रतिशत भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ५१ दशमलव १ प्रतिशत रहेको कार्यालयले जनाएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन खण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर सुरुङमार्गको विसं २०७९ देखि निर्माण सुरु भएको हो।
सुरूङमार्ग पाँच वर्षमा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले रु. सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको थियो।
Post Views: 4