असोज २ काठमाडौं ।
वीरगञ्ज भन्सार कार्र्यालयले ३९ अर्ब बढी राजस्व सङ्कलन गरेको छ।
चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज भन्सार कार्यालयले ३९ अर्ब १५ करोड ५५ लाख राजस्व संकलन गरेको जनाएको हो।
भन्सार विभागले ४३ अर्ब राजस्वको लक्ष्य राखेकोमा ९०.९९ प्रतिशत राजस्व संकलन भएको जनाएको छ।
भदौ महिनाको विषम् परिस्थिति “जेनजी समूहको आन्दोलनमा पनि राजस्व सङ्कलन उत्साहजनक वृद्धि भएको र भदौ महिनामा मात्रै मासिक लक्ष्यको ९३ दशमलव ९७ प्रतिशत राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले बताएका छन्।
भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई रु ४३ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा भने लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व सङ्कलन गरेको जनाएको छ।
Post Views: 3