मुस्ताङको कोराला नाकाबाट चीनसँगको व्यापार सुरु

असोज १ काठमाडौं ।
मुस्ताङको कोराला नाकाबाट चीनसँगको व्यापार सुरु भएको छ।

गत असारमा बाढीपहिरोका कारण तातोपानी र रसुवा नाका बन्द भएपछि अहिले नेपाली व्यापारीहरूले कोरला नाकाबाट चिनियाँ सामग्री आयात, निर्यात गर्न थालेका छन्।

विसं २०८० कात्तिक २७ गतेदेखि सञ्चालनमा आएको कोराला नाका अहिले व्यापारिक रूपमा सञ्चालन हुन थालेको हो।

बेनी, जोमसोम हुँदै कोराला नाकामा करिब तीन सय कन्टेनर पुगेका र थप एक हजार पाँच सय कन्टेनर दसैँको सामान लिन कोराला जाने क्रममा रहेका तथा दशैका लागि कपडाजन्य सामान बोकेका ५५ वटा चिनियाँ कन्टेनर कोरला नाकामा आएको भन्सार कार्यालयले जनाएको छ।

दशैका लागि चीनबाट आएका सामग्री बोकेका कन्टेनरहरू कोरला नाका आइपुगेकाले गर्दा उद्योगी र व्यापारीलाई राहत दिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *