सरकारले थप गर्यो कर तिर्ने र विवरण बुझाउने समय

असोज १ काठमाडौं ।
सरकारले कर तिर्ने र विवरण बुझाउने समयको थप गरेको छ।

जेनजी आन्दोलनले गर्दा सबै कार्यालयहरु बन्द हुँदा कर तिर्न नपाएका करदाताहरुलाई सरकारले असोज ५ गतेसम्म कर बुझाउन सक्ने निर्णय गरेको हो।

अर्थ मन्त्रालयको अनुसार २०८२ साल साउन महिनाको कर २०८२ असोज ५ गतेसम्म बुझाउन सकिने जनाएको छ।

करदातालाई कर तिर्ने समय थप्नुका साथै करदातालाई विलम्ब शुल्क, ब्याज, दण्ड र जरिवाना पनि नलाग्ने व्यवस्था मिलाएको अर्थ मन्त्रालयले जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *