भोली ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक बिदा

भदौ ३१ काठमाडौं ।
भोली जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुको सम्मानस्वरुप राष्ट्रिय शोक बिदा मनाउने भएको छ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन बुधबार सार्वजनिक बिदा दिएको जनाएको छ।

जारी विज्ञप्ति अनुसार ‘भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते देशभर बिदा निदे निर्णय गरेको जनाएको हो।

आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार भोलिलाई देशभर सार्वजनिक बिदा घोषणा गरिएको जानकारी दिएको छ।

भोली एक दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको जारी विज्ञप्तिमा उल्लेख गरेको छ।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *