निजामती सेवा अन्तर्गत सङ्घीय तहमा १० हजार कर्मचारी घटाउने सहमति

भदौ ३१ काठमाडौँ ।
निजामती सेवा अन्तर्गत सङ्घीय तहमा १० हजार कर्मचारी घटाउने सहमति गरेको छ।

सरकारको सचिवस्तरीय बैठकले सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने सङ्घीय तहमा भएका दरबन्दी २० प्रतिशत घटाउने निर्णय गरेको जनाएको छ।

आज मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसबारे सैद्धान्तिक सहमति गरेको जनाएको हो।

हाल सङ्घमा ५१ हजारभन्दा बढी कर्मचारी रहेकामा २० प्रतिशतले दरबन्दी कटौती गर्दा यो संख्या घटेर करिब १० हजार पुग्ने छ।

कर्मचारी दरबन्दी मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरू बाट घटाइने जानकारी दिएका छन्।

यसका लागि आवश्यक प्रस्ताव असोज २० गते भित्र तयार गर्ने र तयार गरेका निर्णय मन्त्रिपरिषद्मा पठाए पछि पन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *