केशरमहलबाट सुरु भयो शिक्षा मन्त्रालयको काम

भदौं ३१ काठमाडौं ।
केशरमहलबाट शिक्षा मन्त्रालयको काम सुरु भएको छ।

गत २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबार आगजानी र तोडफोडपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सेवा केशरमहल भवनवाट सुरु गरेको हो।

मन्त्रालयले जारी गरेको सूचना अनुसार मन्त्रालयले सिंहदरबार परिसरको भवन मर्मत सम्भार र सरसफाई पूरा नभएसम्मका लागि केशरमहलबाट सेवा प्रवाह हुने जानकारी दिएको छ।

सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखा, शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा र छात्रवृत्ति शाखाबाट सेवा निरन्तर जारी रहेको मन्त्रालयले बताएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *