राष्ट्रिय सभा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई भेटेर दिए बधाई

भदौ ३१ काठमाडौं ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन्।

आज दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।

भेटका क्रममा प्रधानमन्त्री सुशीला कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रिय सभाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरेको जनाएका छन्।

राष्ट्रिय सभा अध्यक्ष दाहालले कामकारबाही र संघीय संसद् भवनमा भएको क्षतिको जानकारी गराएका थिए।

देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उनीहरू बीच छलफल भएको स्रोत जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *