कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाईसहित अन्य दुई मन्त्रालयको जिम्मेवारी

भदौ ३० काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाईसहित अन्य दुई मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल ऊर्जा, जलस्रोत तथा सिंचाईसहित भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिन लागिएको बालुवाटार स्रोतले जनाएको छ।

रामेछाप लिल्लाको सुनापति गाँउपालिका वडा नः ४ बेथानमा जन्मेका घिसिङले विद्यालय शिक्षा काठमाडौंबाटै हासिल गरेका थिए। भने घिसिङले भारतको एनआईटी जमसेदपुरबाट विद्युत् इन्जिनियरिङमा स्नातक, पुल्चोक क्याम्पस बाट पावर सिस्टममा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट एमबिए गरेका छन्।

आज उर्जा मन्त्री कुलमान घिसिङ, गृह र कानुन मन्त्रीमा अधिवक्ता ओमप्रकाश अर्याल र अर्थमन्त्री रामेश्वर खनालको लागि शपथ ग्रहणको तय भएको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *