भदौ २९ काठमाडौं ।
राष्ट्र बैंकले १ अर्ब २० करोड बराबरको रकम मुद्दती निक्षेप राख्ने भएको छ।
बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेप लगानी गर्र्ने र इच्छुकले बैंक तथा वित्तीय संस्थानलाई सहभागिताका लागि आग्रह गरेको छ।
बैंकको उत्पदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको हो।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा रु. १ अर्ब ४ करोड, ‘ख’ वर्गका लागि विकास बैंकमा रु. १९ करोड ५० लाख ‘ग’ वर्गका वित्त कम्पनीमा रु. ६ करोड ५० लाख बराबरको रकम लगानी गर्ने सूचनामा उल्लेख गरेकाे छ।
Post Views: 70