भदौं २९ काठमाडौं ।
जेनजी आन्दोलनका कारण बन्द भएको गड्डाचौकी नाका खुलेको छ।
आज पाँच दिनपछि खुलेको नाकासम्म नेपाल–भारत मैत्री बस र यातायात सञ्चालनमा आएको छ।
आन्दोलन पछि भारतीय सीमासुरक्षा बल (एसएसबी) ले गड्डाचौकी सीमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाएको थियो।
पाँच दिनपछि भारतीय पक्षले नेपाल–भारत मैत्री बस नेपाल प्रवेश गर्न दिएको छ भने गड्डाचौकीस्थित ७ नम्बर पिल्लरसम्म यातायातसमेत सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
Post Views: 10