भदौ २९ काठमाडौं ।
नागरिक उन्मुक्ति पार्टी(नाउपा)का संरक्षक रेशम चौधरीले पार्टी छाडेका छन्।
संरक्षक रेशम चौधरी आफैले निर्माण गरेको पार्टीमा पत्नी रञ्जिता चौधरीसँग लामो समयदेखि भएको बेमेल र पार्टी अन्तरविरोधका कारण अन्ततः पार्टीबाट बाहिरिएका छन्।
आज सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत् चौधरीले पार्टीमा नरहने र अलग यात्रा तय गर्ने घोषण गरेका हुन्।
यस अघि नाउपा अध्यक्ष तथा चौधरी पत्नी रञ्जितालाई पार्टीबाट हटाएर बाबु लालवीरलाई अध्यक्ष बनाए पनि निर्वाचन आयोगले वैधता दिन अस्वीकार गरेको थियो।
रेशम चौधरीले नाउपालाई आफ्नो राजनीतिक दर्शन, सिद्धान्त, विचार र टीकापुर विद्रोहको पथमा हिँडाउन, त्यसको मूल्यलाई आत्मसात गर्न नसकेपछि आफू बाहिरिएको उनले बताएका छन्।
उनेले भने टीकापुर विद्रोहसँगै गाँसिएर आएको पहिचानको मुद्दाको लिकबाट पार्टी बाहिर गएको, त्यसको मर्मको जगेर्नाका लागि पनि फरक बाटो हिँड्नुपरेको र पार्टी पहिचानको मुद्दाबाट बाहिरको भन्दै नयाँ पार्टी निर्माण गरेर प्रशिक्षणसहित देशका सम्पूर्ण समूदायको पीडा, अपेक्षालाई सम्बोधन गर्ने गरी नयाँ पार्टीको निर्माण गर्ने योजना रहेको बताएका छन्।