भदौ २६ काठमाडौं ।
राजनीतिक अवस्थासँगै यातायात र सीमा नाका बन्द भएका छन्।
यातायात र सीमा नाका बन्द हुँदा अन्तर्राष्ट्रिय व्यावार (आयात–निर्यात) ठप्प भएको छ। जेनजी आन्दोलनका कारण देश भित्र अहिले सार्वजनिक तथा मालवाहक सवारीसाधन आवागमन बन्दा भएको छ।
बन्द कारण भारत र चीन दुवैतर्फ जाँचपास ठप्प भएको भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाले जनाएका छन्।
अर्कातर्फ, भारतीय सीमा सुरक्षा बलले नेपालबाट भारत जाने यात्रुलाई अधिकांश स्थानमा रोक लगाएको छ। जसले गर्दा अत्यावश्यक वस्तु आपूर्ति समेत प्रभावित बन्न पुगेको जनाएको छ।
Post Views: 1