नयाँ सरकारको नेतृत्वबारे जंग्गीअड्डा बाहिर जेनजी युवाहरुको विवाद

भदौ २५ काठमाडौं ।
नयाँ सरकारको नेतृत्व बारे जग्गी अड्डा बाहिर जेनजी युवाहरुले विवाद गरेका छन्।

आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउने प्रस्ताव भएपछि विवाद सुरु भएको जनाएको हो।

शुशीला कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समेत समर्थन जनाइसकेका भए पनि युवाहरुले मेयर बालेनलाई नै अघि बढाउनुपर्ने भन्दै नाराबाजी गरेका छन्।

अहिले नेपाली सेनाको मुख्यालयमा जेनजी युवाहरूले नयाँ नेतृत्वको विषयलाई लिएर प्रदर्शन गरिरहेको जनाएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *