भदौ १४ काठमाडौं ।
जेन–जीहरुले कफ्र्यु आदेशको अवज्ञा गर्दै संसद भवन अगाडि प्रदर्शन गरेका छन्।
नयाँ पुस्ताका युवा ९जेनजीहरुले कर्फ्यु आदेश अवज्ञा गर्दै आज बिहानैदेखि नयाँबानेश्वरको संसद भवन अगाडि भेला भएर प्रदर्शनमा उत्रिएका हुन्।
बानेश्वरको संसद भवन अगाडि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको छ। हिजो संसद भवनभित्रै प्रवेश गरेर केही युवाहरुले तोडफोड गरेका थिए। आज भने संसद भवन परिसरभित्रै सेना हतियारसहित बसिरहेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे आठ बजेदेखि अनिश्चितकालका लागि चक्रपथ क्षेत्रभित्र प्रदर्शन, जुलुश, भेला केही पनि गर्न नपाउने गरी कर्फ्यु लगाएको छ।
प्रदर्शनमा सहभागीहरुले त्यसलाई अवज्ञा गरि हिजो १९ जना युवाको ज्यान गुमएकाहरुका साथी र आफ्न्तहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन्।
Post Views: 83