भदौ २४ काठमाडौं।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दालको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै छ।
जेन–जी युवाले सरकारविरुद्ध हिजो गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुको बैठक बोलाएका हुन्।
बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने भएकाे छ। बैठकमा देशको पछिल्लो अवस्था, जेनजी युवाको आन्दोलन र विपक्षी दलका आगामी कार्यक्रमबारे छलफल हुने बताएका छन्।
प्रतिपक्षी दल माओवादी केन्द्रले बोलाएको बैठकमा विपक्षी दल रास्वपा भने सहभागी नहुने जनाएको छ।
Post Views: 75