हिजो देखि काठमाडौंमा लगाइएको कफ्र्युको समय आज बिहान सकियो

भदौ २४ काठमाडौं ।
हिजो देखि काठमाडौमा लागाएको कफ्र्युको समय आज बिहान ५ बजे बाट सकिएको छ।

सामाजिक सञ्जालमाथि लागाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गर्दा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो।

आन्दोलन कारी र प्रहरी बीच झडप हुँदा जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिलो मध्याह्न देखि लगाइको कफ्र्युको समय आज बिहान ५ बजेसम्म लम्ब्याएको थियो।

हिजोदेखि लगाएको कफ्र्युको समय अवधि आज बिहान ५ बजेबाट सकिए पनि अहिले सडकमा सवारी साधनहरु फाट्टफुट्ट चलिरहेका छन्। सडक सफाइ गर्ने कर्मचारीहरु खटिएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *