भदौ २३ काठमाडौं ।
जेन–जी प्रदर्शनमा १८ जनाको मृत्यु २०० जना भन्दा बढी घाइते भएका छन्।
आज जेन–जी युवाहरूले गरेको प्रदर्शनका १८ जनाको मृत्यु भएको र २ सय ५६ घाइते भएको जनाएको छ।
सामजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लामा जेन–जी युवाहरू सडक प्रदर्शनमा उत्रिएका हुन्।
संघीय संसद भवनमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा मृतक र घाइतेको संख्या लगातार बढिरहेको जनाएको छ।
पोखरा, झापा, मोरङ लगायतका जिल्लामा पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ।
Post Views: 1