भदौ १८ काठमाडौं ।
जलवायु परिवर्तनका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका ताल सुक्दै जान थालेका छन्।
निकुञ्जमा रहेका वन्यजन्तुका लागि आवस्यक पानीको स्रोत हुन् ती जलकुम्भीले पुरिन थालेको तालहरू जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण सुक्न थालेको जनाएका छन्।
पर्याप्त बजेट नहुँदा ताल संरक्षणमा चुनौती थपिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अधिकारीहरूले बताएका छन्।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार रानीताल, सिकारी ताल, बाबाताल, कालीताल, ताराताल, सालगौडी ताललगायत ठूला प्राकृतिक ताल जलकुम्भी र झारपातले पुरिनुका साथै सुक्ने क्रममा रहेका छन्।
Post Views: 3