भदौ १८ काठमाडौं ।
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ।
आज बस्ने बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रियसभा बाट भएको संशोधन माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
सभामुखले राष्ट्रपतिको कार्यालय बाट प्राप्त र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूचि रहेको छ।
Post Views: 12