भदौ १७ काठमाडौं ।
आज राष्ट्रिय सभाको बैठक १ः१५ बजे बस्दै छ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।
प्रतिनिधिसभा बाट सन्देशसहित प्राप्त भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गर्ने कार्यसूची छ।
त्यस्तै विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयक २०८० को मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ।
राज्यव्यवस्था तथा सुशासन समितिमा हालसम्मको काम कारबाहीको समीक्षा गर्ने कार्यक्रम छ।
Post Views: 14