भदौ १२ काठमाडौं ।
आज देखि सुदूरपश्चिममा गौरा पर्वको सुरु भएको छ।
आज देखि प्रदेशको मौलिक गौरा पर्व विधिवत् रुपमा प्रारम्भ भएको हो। पर्वको पहिलो दिनलाई बिरुडा पञ्चमी भनिन्छ।
आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन रहेको छ।तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ।
पुत्रदा एकादशीको व्रत बसिसके पछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुने बताएका छन्।
Post Views: 12