आज सेयर बजार नेप्से परिसूचक ५३.०१ अंकले बढेर ४८३.४२ विन्दु कामय

भदौ ११ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक ५३.०१ अंकले बढेर ४८३.४२ विन्दु कायम भएको छ।

आज ७ अर्ब ६८ करोडको सेयर कारोबार भएको छ। विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत, समता घरेलु लघुवित्तको ९.३६ प्रतिशत, ग्रिन भेन्चर्सको ८.०८ प्रतिशत, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ७.६० प्रतिशत र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ७.२८ प्रतिशत बढ्यो।

नेपाल माइक्रो इन्स्योरेन्सको ५.५३ प्रतिशत तथा लुम्बिनी विकास बैंकको ५.२३ प्रतिशत, बैंकिङ १.३८ प्रतिशत, फाइनान्स १.९८ प्रतिशत, होटल तथा पर्यटन १.६६ प्रतिशत, हाइड्रोपावर १.८५ प्रतिशत र लगानी २.१९ प्रतिशत बढ्यो।

त्यस्तै जीवन बीमा २.२१ प्रतिशत र उत्पादन तथा प्रशोधन २.६९ प्रतिशत, माइक्रोफाइनान्स १.०९ प्रतिशत, निर्जीवन बीमा १.६८ प्रतिशत, अन्य २.१४ प्रतिशत र व्यापार २.६८ प्रतिशत बढ्यो।

नेपाल रिपब्लिक मिडियाको मूल्य सबैभन्दा धेरै ४.२९ प्रतिशत, सीवाईसी लघुवित्तको ३.०५ प्रतिशत तथा नारायणी डेभलपमेन्ट बैंकको २.०७ प्रतिशत घट्यो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *