भदौ ११ काठमाडौँ ।
आज नेपाल राष्ट्र बैंकले २५ दिनका लागि ४५ अर्ब निक्षेप खिच्ने भएको छ।
बैंकमा अधिक तरलता कायमै रहेपछि निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो।अहिले बैंकमा कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको जनाएको छ।
बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ।
बोलकबोलमा राष्ट्र बैंक बाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने उल्लेख गरेको छ।
आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज २०८२ असोज ५ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।
Post Views: 108