भदौं १० काठमाडौं ।
आज राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा मनोनयन दर्ता हँदै छ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा मनोनयन दर्ता हु्ने भएको हो। आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्न सकिने संसद सचिवालयले जारी गरेको कार्यतालिका उल्लेख छ।
सभापति मनोनयनका लागि समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्नुपर्ने छ।
कार्यतालिकामा सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र बुधबार दिउँसो ३ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा निर्वाचन गर्ने तालिका रहेको छ।
Post Views: 95