भारतीय पाँच सय र हजारको नोट प्रयोग नगर्न राष्ट्र बैंकको आग्रह

भदौ १० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले भारतको ५०० र १००० को दर भारतीय नोट कारोबार नगर्न आग्रह गरेको छ।

नेपाल राष्ट्र बैंकले भारतमा भएको नोटबन्दीभन्दा अगाडि चलनचल्तीमा रहेका ५०० र १००० दरका भारतीय नोटको कारोबार नगर्न सचेत गराएको हो।

सन् २०१६ नोभेम्बर ९ मा भारतले नोटबन्दीको घोषणा गर्दै पुराना ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाइएको थियो।

सोहि अनुसार राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै केन्द्रीय बैंकले सोभन्दा अगाडिका नोट राख्न, कारोबार तथा ओसारपसार गर्न प्रतिबन्धित रहेको भन्दै सचेत गराएको छ।

सूचनामा कुनै पनि नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलर वा सो बराबरको भारतीय रुपैयाँ तथा अन्य विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन सक्ने र सोभन्दा धेरै ल्याउनु परेमा भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्ने अनिवार्य व्यवस्था रहेको उल्लेख गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *