भदौ १० काठमाडौं ।
वीरगन्जमा हैजाको प्रकोप बढ्दो छ।
वीरगन्जमा हैजाको कारण १ सय भन्दा धेरै बिरामी अस्पताल भर्ना भएका छन्। हैजा संक्रमण फैलिने मुख्य कारण तथा स्रोत पानीको आपूर्ति भएको जनाएको छ।
जनस्वास्थ्यविद्हरूको अनुसार सरसफाइको कमी, धमिलो खानेपानी पिउँनु हैजाका जीवाणु संक्रमित खानाले हैजा लागेकाे बताएका छन्।
हैजा संक्रमितमध्ये ८० प्रतिशतमा सामान्य खालका लक्षणहरू देखा पर्छन् भने करिब २० प्रतिशतमा कडा खालका लक्षणहरू देखा पर्ने गर्दछ।
संक्रमितको संख्या बढेका कारण नारायणि अस्पतालमा नयाँ वार्ड खडा गरिएर उपचार थालिएको जनाएको छ। उपचारकाे क्रममा स्वास्थ्यकर्मीको कमी भए प्रदेश बाट थप स्वास्थ्यकर्मीको टोली परिचालित गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनाएको छन्।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बाट आवश्यक परेको अवस्थामा जनशक्ति परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको समेत जनाएको छ।
नारायणी अस्पतालमा उपचाररत हैजाका विरामीको निःशुल्क उपचार गर्न निर्देशन दिइएको स्वास्थ्यमन्त्री पौडेलले जनाएका छन्।
सुक्खाग्रस्त पर्सामा एक साता अघि पानी परेपछि वीरगन्जमा पानीका स्रोतहरू दूषित थिए। दूषित पानी पिएकै कारण हैजा फैलिएको जनस्वास्थ्य विशेषज्ञहरूले आंकलन गरेका छन्।